संसद् बैठक
नेकपा एमालेले पनि गर्यो संसद् बैठक बहिष्कार, कांग्रेस उभिएरै विरोधमा
बिहीबार, ३१ वैशाख २०८३, २१ : २३
काठमाडौँ । नेकपा एमालले पनि संसद् बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि एमालेले पनि बैठक बहिष्कार गरेको हो ।
यसअघि नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।
अब विपक्षीका रूपमा नेपाली कांग्रेसका सांसदहरू मात्रै संसद् बैठकमा सहभागी छन्। उनीहरू आ–आफ्नो स्थानमा उभिएर विरोध गरिरहेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण