वन्यजन्तु व्यवस्थापनका लागि ‘टास्क फोर्स’ गठनबारे छलफल
शुक्रबार, ०१ जेठ २०८३, ०० : ५३
काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले बाँदरलगायत कृषि हानिकारक वन्यजन्तु व्यवस्थापनका लागि टास्क फोर्स (प्राविधिक समिति) बनाउने विषयमा छलफल गरेकी छन् ।
खेतबारी, बस्ती र वन क्षेत्र वरिपरि बढ्दो बाँदर–मानव द्वन्द्व व्यवस्थापन गर्न कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकार बालाबिच सो टास्क फोर्स गठन गर्ने विषयमा बिहीबार मन्त्रालयमा छलफल भएको हो ।
स्थानीय तहले कार्यान्वयन गर्ने, विज्ञ टोली छनोट, बजेट व्यवस्थापनलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा कृषि सचिव डा राजेन्द्र मिश्र, सांसद सागर ढकाल, वन मन्त्रालयका सहसचिवलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण