कविता: सञ्जालको लतमा भनूँ कि कुलतमा
करुणा,ज्ञान,उत्प्रेरणा र मिठो गफ नदेऊ न मित्र!
म,हामी, सबै यो विषयमा पिएचडी गर्दै छौँ
लेख्दा, बोल्दा, अभिनय गर्दा र प्रकृतिमा मात्र हो स्वतन्त्रता मिल्ने
नत्र अन्तरमनलाई सोध, अन्त निष्पक्ष कहाँ पाउने छौँ ?
देशको मुहार फेर्न जुटेका हामी
सामाजिक सञ्जालमा किन भ्रामक गाईजात्रा देखाउँदै छौँ?
छिनछिनमा कसले के लेख्यो
के बोल्यो भनी, दिल र दिमागको मनोरोगी किन बढाउँदै छौँ?
एक अर्कालाई निर्वस्त्र पारी देश,
समाज,जात,धर्म,वर्ण,आस्था आदिमा चोट दिई
भ्यूजको धन्दा किन फस्टाउँदै छौँ ?
भाइरल हुने होडमा ख्यालै नगरी
कसैको चरित्र हत्या गर्दा,तिमीले के कति डलर वा इज्जत कमाऊ छौ?
आजकल त यो सञ्जाल धेरै मानिसहरूको बोल्ने,पढ्ने,लेख्ने
जागिर, व्यापार, मनोरञ्जन र कमाई खाने भाँडो भएको छ
रेमिट्यान्सले धानेको देश र एआई को युगमा
सामाजिक सञ्जाल सोचेको भन्दा बलियो अस्त्र हुने रहेछ
लाइभ, सेयर,लाइक, कमेन्ट, भिडियो फलोअर्स र स्ट्याटस आदि शृङ्गारले सजिएको,सञ्जाल रहेछ
उमेर, जोस,आक्रोश र भावनामा बगेर
गलत बोल्दा र लेख्दा भविष्यमा प्रमाण भई, कारबाही र माफी माग्नु पर्ने रहेछ
आदत भनूँ कि मात यस्तो किन उडाउँदै छौँ?
देशको विषयमा पक्ष र विपक्षमा उतारी किन राष्ट्रियताको नाममा,नाङ्गो नाच नचाउँदै छौँ ?
लेखेको र बोलेको दायित्व र जिम्मेवारी पुरा गर्नुपर्ने नियम छैन
त्यसैले त खुला पनको नाममा छाडापन ह्वात्तै मौलाउँदै छौँ
उद्देश्य हामी सबैको एउटा सुन्दर देश बनाउने हो
तैपनि राष्ट्रिय हितको विषयमा एकता हुनु जरुरी छ
हामी सबै नेपाली मनको स्वच्छ छौँ
तर समाधान गर्ने भन्दा खोट लगाई
विरोध मात्र गर्दा अर्को पुस्ताले के चाहिँ नयाँ सिक्छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण