बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आयुष्मान र साराको ‘पति पत्नी और वो २’: वैवाहिक जीवनको झमेला

शुक्रबार, ०१ जेठ २०८३, १२ : २३
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • बलिउडको चर्चित फिल्म ‘पति पत्नी और वो’को सिक्वेल ‘पति पत्नी और वो २’ आजबाट प्रदर्शनमा आएको छ ।
  • फिल्मको मुख्य भूमिकामा आयुष्मान खुराना छन्, जसले प्रयागराजको एक वन अधिकारीको भूमिका निर्वाह गरेका छन् ।
  • यस फिल्ममा सारा अली खान, रकुल प्रित सिंह, वामीका गब्बी, विजय राज, तिग्मांशु धुलिया, शीबा चड्ढाको पनि अभिनय छ ।

मुम्बई । बलिउडको चर्चित फिल्म ‘पति पत्नी और वो’को सिक्वेल ‘पति पत्नी और वो २’ आजबाट प्रदर्शनमा आएको छ । मुदस्सर अजिजको निर्देशन रहेको फिल्म रिलिज अघि निकै चर्चामा रहन सफल भएको थियो ।

फिल्मको मुख्य भूमिकामा आयुष्मान खुराना छन् । खुराना यसपटक प्रयागराजको एक वन अधिकारी (फरेस्ट अफिसर)को रूपमा देखिएका छन् । फिल्ममा सारा अली खान, रकुल प्रित सिंहको पनि अभिनय छ । फिल्ममा साराको भूमिका निकै चुलबुले र रमाइलो रहेको बताइएको छ। रकुल यस फिल्ममा आयुष्मानको प्रेमिकाको भूमिकामा देखिएकी छन् । 

सारा र रकुलले एक भिडियो सन्देश जारी गर्दै फिल्म नेपालमा पनि रिलिज भएको र नेपालीको माया पाउनेमा आफू ढुक्क रहेको बताएकी छन् । फिल्ममा आयुष्मानको पत्नीको भूमिकामा अर्की कलाकार वामीका गब्बी पनि देखिएकी छन् । फिल्ममा विजय राज, तिग्मांशु धुलिया, शीबा चड्ढाको पनि अभिनय छ ।

‘पति पत्नी और वो २’ सन् २०१९ मा आएको फिल्मको सिक्वेल हो, जसमा यसअघि कार्तिक आर्यन, भूमि पेडनेकर र अनन्या पाण्डे देखिएका थिए। यसपटक निर्माताहरूले कास्टिङमा ठूलो परिवर्तन गर्दै आयुष्मान खुरानालाई मुख्य जिम्मेवारी सुम्पिएका छन्। फिल्मको कथामा वैवाहिक जीवनको झमेला मात्र नभई जंगली जनावर र फ्यान्टासीको एक अनौठो मिश्रण समेत देख्न पाइनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप