शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

७००० एमएएच ब्याट्री भएको ओपो ए६सी नेपालमा सार्वजनिक

शुक्रबार, ०१ जेठ २०८३, १३ : १९
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • ओपोले नेपाली बजारमा ७००० एमएएच ब्याट्री र एआई फोटोग्राफी सुविधाहरू सहित नयाँ स्मार्टफोन 'ओपो ए६सी' सार्वजनिक गरेको छ।
  • यसमा ६ वर्षसम्म टिक्ने ब्याट्री, रिभर्स वायर्ड चार्जिङ, १२० हर्जको डिस्प्ले, एआई इरेजर र एआई क्लियर फेस जस्ता फिचरहरू छन्।
  • ओपो ए६सीको ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य २० हजार ९९९ रुपैयाँ छ भने २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी पनि दिइएको छ।

काठमाडौँ । ओपोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ। 

आकर्षक प्रिमियम डिजाइन, ७००० एमएएचको शक्तिशाली ब्याट्री र एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधाहरू सहित यो फोन बजारमा ल्याइएको हो। 

कम्पनीका अनुसार यसमा प्रयोग गरिएको ब्याट्री ६ वर्षसम्म टिकाइराख्ने क्षमताको छ भने यसले रिभर्स वायर्ड चार्जिङ समेत सपोर्ट गर्छ। डिजाइनका हिसाबले ओपो ए६सीलाई फ्ल्यागशिप स्मार्टफोनबाट प्रेरित लुक दिइएको छ। 

‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ रंगमा उपलब्ध यस फोनमा १२० हर्जको अल्ट्रा ब्राइट डिस्प्ले रहेको छ, जसले स्मूथ स्क्रोलिङ र जीवन्त दृश्य अनुभव प्रदान गर्ने दाबी गरिएको छ। फोटोग्राफीलाई स्मार्ट बनाउन यसमा एआई इरेजर र एआई क्लियर फेस जस्ता फिचरहरू समावेश छन्। टिकाउपनाका लागि फोनमा आईपी६४ वाटर र डस्ट रेसिस्ट्यान्ट सुविधा छ भने ४८ महिनासम्म कार्यसम्पादन स्थिर राख्न फ्लुएन्सी प्रोटेक्सन दिइएको छ।

ग्राहकको भरोसा जित्न ओपोले ए६सी खरिदमा विशेष २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराएको छ। यो योजना जेठ १ देखि असार १ सम्म खरिद गर्ने ग्राहकहरूका लागि लागू हुनेछ, जसमा हार्डवेयर सम्बन्धी समस्या देखिएमा मर्मतको सट्टा नयाँ डिभाइस दिइनेछ। 

ओपो ए६सीको ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको सुरुवाती मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ।

यसैगरी, ओपोले ए६ सिरिज अन्तर्गत नै ‘ओपो ए६’ (८ जीबी + १२८ जीबी) भेरियन्ट पनि सार्वजनिक गरेको छ। ‘स्याफायर ब्लु’ र ‘अरोरा गोल्ड’ रंगमा उपलब्ध यो स्मार्टफोनको मूल्य ४० हजार ९९९ रुपैयाँ रहेको छ। 

धेरै स्टोरेज र सहज मल्टिटास्किङ खोज्ने प्रयोगकर्ताका लागि यो भेरियन्ट लक्षित गरिएको कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप