विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर
शुक्रबार, ०१ जेठ २०८३, १६ : ५७
सारांश
- कपिलवस्तुको तौलिहवास्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
- विशेष अदालतले रैदासबाट भ्रष्टाचार भएको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा असुलउपर गरी त्यति नै जरिवाना र ६ महिना कैद सजाय हुने फैसला गरेको छ ।
- रैदासले विद्यार्थीका निम्ति उपलब्ध गराइएको दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको सामाजिक सुरक्षा कर समेतका शीर्षकको रकम हिनामिना गरेको आरोप थियो ।
काठमाडौँ । कपिलवस्तुको तौलिहवास्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्यहरू न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले रैदास दोषी ठहर हुने फैसला गरेको हो ।
रैदासबाट भ्रष्टाचार भएको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा असुलउपर गरी त्यति नै जरिवाना हुने फैसला भएको छ । साथै, उनलाई ६ महिना कैद सजाय हुने विशेषको फैसला छ । अपराधपीडित संरक्षण कोषमा १७ हजार ७३७ रुपैयाँ २३ पैसा दाखिला गर्नुपर्ने ठहर पनि अदालतले गरेको छ ।
विद्यार्थीका निम्ति उपलब्ध गराइएको दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको सामाजिक सुरक्षा कर समेतका शीर्षकको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा हिनामिना गरेको उनीमाथि आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धपछि पहिलो पटक भेट्दै ट्रम्प र नेतन्याहू, आणविक कार्यक्रमदेखि गाजा र लेबनानसम्म छलफल हुने
-
९२ वर्षमा पनि थाकेका छैनन् हातहरू : तीन पुस्ताको प्रसूति गराउने डाक्टर
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण