मन्त्री बादी र मेहताबिच छलफल : लक्षित समुदायको सशक्तीकरणका लागि दुई मन्त्रालयबिच समन्वय बढाइने
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबिच भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको उक्त भेटका क्रममा दुई मन्त्रालयबिचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ। भेटका अवसरमा विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका स्वास्थ्य र सामाजिक सुरक्षासँग सम्बन्धित मुद्दाहरूमा कुराकानी भएको थियो।
यी लक्षित वर्गको हितका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग कसरी निकट रहेर काम गर्न सकिन्छ भन्नेबारे दुवै मन्त्रीले धारणा साटासाट गरेका छन्।
मन्त्री बादीले लक्षित समुदायको हकहित, संरक्षण र सशक्तीकरणका लागि सम्बन्धित निकायहरूसँगको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई स्वास्थ्य सेवासँग जोडेर लैजाँदा बढी प्रभावकारी हुने विषयमा समेत भेटमा छलफल भएको मन्त्रालयले जनाएको छ। दुवै मन्त्रीले आगामी दिनमा कार्यगत एकतालाई अझ मजबुत बनाउने साझा निष्कर्ष निकालेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण