एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
शनिबार, ०२ जेठ २०८३, ०६ : ४७
सारांश
- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवासमा बस्ने भएको छ ।
- बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुनेछ ।
- फागुन २१ को निर्वाचनको समीक्षा पनि बैठकको एक एजेन्डा रहेको छ ।
काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो ।
बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।
साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण