एलिनाको ‘सिठ्ठी बजाउँदै’मा प्रियंकाको धमाकेदार नृत्य
शनिबार, ०२ जेठ २०८३, ०९ : १२
सारांश
- गायिका एलिना चौहान र गायक राहुल श्रेष्ठको स्वरमा रहेको नयाँ डान्सिङ गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक भएको छ।
- गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र गायक राहुल श्रेष्ठको दमदार नृत्य देख्न सकिन्छ।
- भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
काठमाडौँ । गायिका एलिना चौहान र गायक राहुल श्रेष्ठको स्वरमा रहेको नयाँ डान्सिङ गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक गरिएको छ। जगत तिरुवाको शब्द, संगीत तथा र्याप रहेको गीतमा जीवन बडुको एरेन्ज छ ।
गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र गायक राहुल श्रेष्ठको दमदार नृत्य देख्न सकिन्छ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय राहुल श्रेष्ठ केही अन्तरालपछि भिडिया देखिएका हुन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ । भिडियोको निर्देशन देव कुमार श्रेष्ठले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण