मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

नदी किनारमा सहरको मुस्कान, तस्बिरमा हेर्नुहोस्

शनिबार, ०२ जेठ २०८३, ११ : १४
शनिबार, ०२ जेठ २०८३

सारांश

  • काठमाडौँका नदी किनारहरू, विशेषगरी शंखमूल क्षेत्रको बागमती किनारमा निर्माण गरिएको 'शंखमूल योग पार्क', फोहोर र दुर्गन्धको पर्यायबाट सहरको सुन्दर पर्यटकीय गन्तव्यमा विकसित भएका छन् ।
  • हरियाली चौर, बगेको बागमती, र व्यवस्थित पैदल मार्गहरूले यी क्षेत्रहरूलाई बिहानी र साँझको हिँडडुल, योग अभ्यास र पारिवारिक पिकनिकका लागि आकर्षक बनाएका छन् ।
  • यी रिभरसाइड पार्कहरूले सहरी सौन्दर्य, वातावरण संरक्षण र मानिसको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेका छन्, जसलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने माग छ ।

काठमाडौँ । कुनै समय फोहोर र दुर्गन्धको पर्याय बनेका काठमाडौँका नदी किनारहरू अहिले सहरको सुन्दर पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेका छन् । विशेषगरी शंखमूल क्षेत्रको बागमती किनारमा निर्माण गरिएको ‘शंखमूल योग पार्क’ र वरिपरिका हरियाली क्षेत्रले उपत्यकावासीलाई नयाँ जीवन दिएको महसुस गराउँछ ।

1778908248-cXCv0

हरियाली चौर, बगेको बागमती, र व्यवस्थित पैदल मार्गहरूले गर्दा यी क्षेत्रहरू अहिले बिहानी र साँझको हिँडडुल (मर्निङ वाक), योग अभ्यास र पारिवारिक पिकनिकका लागि पहिलो रोजाइ बन्न थालेका छन् । पार्कहरूमा बालबालिकाका लागि आधुनिक खेलौनाहरू, चिप्लेटी (स्लाइड) राखिएको छ ।

जहाँ उनीहरूलाई मोबाइल र ग्याजेटबाट टाढा राखेर खुला वातावरणमा रमाउन सहयोग पुग्छ । त्यस्तै, युवा पुस्ता र स्वास्थ्य सचेत नागरिकहरूका लागि खुला व्यायामशालाको व्यवस्था गरिएको छ । जसले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन दिएको छ । शंखमूल क्षेत्र धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । 

1778908243-qJ0Hr

आर्ट अफ लिभिङ र स्थानीय समुदायको सक्रियतामा बनेका योग कक्ष र सत्तलहरूले यहाँ आउनेहरूलाई मानसिक शान्ति प्रदान गर्दछन् । हरियो दुबोमा बसेर गरिने योग र ध्यानले सहरको कोलाहलबाट केही समय भए पनि मुक्ति दिने स्थानीय बताउँछन् ।

काठमाडौँका यी रिभरसाइड पार्कहरूले सहरी सौन्दर्य मात्र बढाएका छैनन्, यसले वातावरण संरक्षण र मानिसको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको छ । नदी किनारलाई व्यवस्थित बनाउने यो अभियानलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने स्थानीयको माग छ । तस्बिर : न्युज एजेन्सी नेपाल

1778908243-xfMzp1778908244-Cu42h1778908245-xU48b1778908245-zRgYZ1778908246-Dedtd1778908246-sM1kz1778908246-UsnRg1778908247-8X43E1778908248-1XwhN1778908247-8X43E1778908248-1XwhN1778908249-6cVAB1778908250-f7dll1778908251-13rqy1778908251-e9Xd71778908252-7Uo0x1778908252-jMURG1778908253-4slsO1778908253-8hvh91778908254-fG2yL

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप