अपडेट
आईसीसी लिग-२: अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य
शनिबार, ०२ जेठ २०८३, १२ : ५४
सारांश
- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले जितका लागि १९६ रनको लक्ष्य पाएको छ।
- शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३।३ ओभरमा सबै १० विकेट गुमाउँदै १९५ रन मात्र बनाउन सक्यो।
- आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ र विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ।
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले जितका लागि १९६ रनको लक्ष्य पाएको छ।
शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै १० विकेट गुमाउँदै १९५ रन मात्र बनाउन सक्यो। नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि अमेरिका मध्यम स्कोरमा समेटिएको हो।
अमेरिकालाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई, सन्दीप लामिछाने र गुलशन झाले एक/एक विकेट लिए ।
आइसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण