कविता : अचेत काठमाडौँ
प्रिय काठमाडौँ,
म केही दूरबाट तिम्रो सामीप्यमा
भोको मस्तिष्क लिएर
उपस्थित भएको हुँ ।
म तिम्रो सहरबाट मेरो भोको मस्तिष्कमा
ज्ञान भर्न आएको हुँ
तिमीसँग सबथोकको तलाउ छ भन्ने
सुनेर म यहाँसम्म आइपुगेको हुँ ।
प्रिय काठमाडौँ, बिन्ती मलाई गाली नगर्नु,
मैले तिमीभित्र सबथोक देखेँ
मन्दिरहरूको सहर तिमीभित्र देखेँ
सुविधासम्पन्न विद्यालयदेखि विश्वविद्यालयसम्म तिमीभित्रै देखेँ ।
तर विडम्बना,
मैले तिम्रो चेत गुमेको अवस्थामा देखेँ
तिमीबाट म चेतना लिन आएको हुँ
तिमी नै चेतनाविहीन भएपछि
तिमीबाट मैले के लिएर जाने ?
प्रिय काठमाडौँ, तिमीभित्रै छ
यो देशको सरकार र सिंहदरबार
तिमीभित्रै बस्छन्
जनतामाथि शासन गर्ने शासकहरू
यी सब हुँदाहुँदै तिमी किन अचेत ?
प्रिय काठमाडौँ, तिमीलाई प्रश्नै प्रश्न छन्
तिम्रो सहरभित्र बस्नेहरू कहिले मान्छे बन्छन् ?
तिम्रो सहरभित्र बरालिएका शासकहरूले
किन सुन्दैनन् ?
सामाजिक न्याय, समानता र समताको पक्षमा बोलेका स्वरहरू ।
प्रिय काठमाडौँ, म तिम्रो छातीमा उभिएर
कहिलेसम्म क्रान्ति गरिरहनुपर्ने हो ?
तिम्रो सिंहदरबारलाई सुनाइदिनु
सरकार, कोठा खाली छ ?
(जुम्ला)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण