हावाहुरीले फेवातालमा फसेका दुई पर्यटकको सकुशल उद्धार
पोखरा । कास्कीको पोखरा महानगरपालिका–६, पामेस्थित फेवातालमा कायकिङ गर्ने क्रममा अचानक आएको हावाहुरीमा फसेका दुई पर्यटकलाई सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।
आज बेलुका करिब ४:३५ बजे काठमाडौंको सिनामंगल निवासी ३४ वर्षीय अनुज पुरी र २८ वर्षीया सिवानी खड्का पुरी फेवातालमा कायकिङ गरिरहेका बेला मौसम एक्कासि बिग्रिएपछि उनीहरू तालको बीचभागमा अलपत्र परेका थिए। तीव्र हावाहुरीका कारण किनारामा फर्किन नसकेपछि उनीहरूले जोखिमपूर्ण अवस्था सामना गर्नुपरेको थियो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका, कास्की अन्तर्गत फेवा रेस्क्यू टावरमा खटिएको १० सदस्यीय उद्धार टोली तत्काल परिचालन गरिएको थियो। उद्धारकर्ताहरूले प्रतिकूल मौसमबीच साहसिक प्रयास गर्दै दुवै जनालाई सुरक्षित रूपमा तालबाट बाहिर निकाली उद्धार गरेका हुन्।
उद्धारपछि उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको र हाल दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।
अचानक आउने मौसमीय जोखिमका बीच सशस्त्र प्रहरीको तदारुकता र व्यावसायिक उद्धार कार्यले सम्भावित दुर्घटना टरेको स्थानीयवासीले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण