शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

केन्द्रीय कारागारबाट फरार महिला कैदी र उनलाई सहयोग गर्ने युवक पक्राउ

सोमबार, ०४ जेठ २०८३, ०९ : १२
सोमबार, ०४ जेठ २०८३

सारांश

  • केन्द्रीय कारागारबाट भागेकी २५ वर्षीया कैदी सपना तामाङलाई प्रहरीले न्यूरोडबाट पक्राउ गरेको छ।
  • सपनालाई सहयोग गर्ने भोजपुर घर भएका समीर श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।
  • शरीर बन्धक र ज्यान सम्बन्धी कसुरमा कैद सजाय पाएकी सपना झ्यालबाट चढेर पर्खाल नाघी भागेकी थिइन्।

काठमाडौँ । काठमाडौँको सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेकी कैदी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

 महिला ब्लकमा रहेकी २५ वर्षीया सपना शुक्रवार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर भागेकी थिइन् । 

उनलाई न्यूरोडबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । अनुसन्धान कार्यालयको टोलीले सपनालाई सहयोग गर्ने भोजपुर घर भएका समीर श्रेष्ठलाई पनि पक्राउ गरेको छ । 

नुवाकोट घर भएकी सपनालाई अदालतले शरीर बन्धक र ज्यान सम्बन्धी कसुरमा कैद सजाय गरेको थियो । कारागार कम्पाउन्डको झ्यालबाट चढेर उनले पर्खाल नाघेको भाग्दा कारागारको सुरक्षा हेर्न बसेको प्रहरी युनिट बेखबर थियो । 

केन्द्रीय कारागारको सुरक्षा कमान्ड डीएसपी शैलेश न्यौपानेले गरेका छन् । न्यौपाने कारागार सुरक्षाको प्रमुख भएर गएपछि २०८२ फागुन १ मा पनि महिला बन्दीगृहमा झडप भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप