केन्द्रीय कारागारबाट महिला कैदी फरार
शनिबार, ०२ जेठ २०८३, १२ : ५४
सारांश
- सुन्धारास्थित केन्द्रीय कारागारबाट २५ वर्षीया महिला कैदी सपना तामाङ फरार भएकी छन् ।
- शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा सजाय पाएकी तामाङ शुक्रबार बिहान पर्खाल नाघेर भागेकी हुन् ।
- कारागारका अधिकारीहरूका अनुसार उनले झ्यालबाट चढेर पर्खाल नाघेकी थिइन् ।
काठमाडौँ । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक जना कैदी भागेका छन् । महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ फरार भएकी हुन् ।
शुक्रबार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर उनी भागेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले रातोपाटीलाई बताए । नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजायको फैसला गरेको थियो ।
कारागार कम्पाउन्डको झ्यालबाट चढेर उनले पर्खाल नाघेको केन्द्रीय कारागारका अधिकारीहरू बताउँछन् । त्यसबारे अनुसन्धान भइरहेको एसएसपी धितालले बताए ।
केन्द्रीय कारागारको सुरक्षा प्रमुखमा डीएसपी शैलेश न्यौपाने छन् । केन्द्रीय कारागारस्थित महिला बन्दी गृहमा २०८२ फागुन १ मा पनि झडप भएको थियो । महिला बन्दी गृहमा ३ सय जना भन्दा बढी महिला कैदी बन्दीलाई राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि आज साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण