प्रकाण्ड पक्राउपछि विप्लव आक्रोशित : नेपाल बन्दसहितका कार्यक्रम घोषणा
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नै पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित बनेका हुन् ।
पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्द सहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।
विप्लवले जारी गरेको विज्ञप्तिमा साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ।
विप्लवले काठमाडौँको दक्षिणकालीबाट स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको दावी पनि गरेका छन् ।
‘सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
विप्लवले विनाशर्त नेता रिहाइ नगरे पार्टी फासीवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण