एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट
सन्दीपको नाममा नयाँ कीर्तिमान, स्टार्कलाई उछिने
सोमबार, ०४ जेठ २०८३, ११ : ०९
सारांश
- सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो १५० विकेट लिने खेलाडी बनेका छन् ।
- उनले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा ७३ खेल खेल्दै यो कीर्तिमान राखेका हुन् ।
- यसअघि यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट लिएका थिए ।
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका स्टार बलर सन्दीप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् । उनी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो १५० विकेट लिने खेलाडी बनेका हुन् ।
सोमबार आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा विकेट लिँदै लामिछानेले सो कीर्तिमान हात पारेका हुन् । उनले मात्र ७३ खेलमा यो कोशेढुंगा पार गरे ।
उनले अस्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमानलाई पछि पारेका छन् । स्टार्कले ७७ खेलमा यो उपलब्धि हात परेका गरेका थिए ।
सबैभन्दा चाँडो १ सय विकेट लिने कीर्तिमान पनि सन्दीपकै नाममा छ । उनले ४२ खेलमा यो कोशेढुंगा पार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण