सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली
काठमाडौँ । चिनियाँ आरोही सी जुन्जीको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ ।
गत बिहीबार (मे १४) को बिहान ८ः५६ बजे सगरमाथाको सफल आरोहण गरेको चिनियाँ आरोही सी जुन्जीको टोलीले आज बिहान ११ः२५ बजे लोत्सेको सफल आरोहण गरेसँगै दुवै हिमाल चढ्ने पहिलो टोली बनेको हो ।
उक्त टोलीमा नेपाली गाइड ङिमा दोर्जे शेर्पा र दावा नुरु शेर्पा छन् ।
हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत सगरमाथाको सफल आरोहण गरेको उक्त टोली क्याम्प २ झरेर पुनः लोत्सेको सफल आरोहण गरेको हो । उक्त टोली ‘रोप फिक्सिङ’ टोलीपछि सगरमाथा चुचुरो पहिलोपटक पुगेको थियो ।
एक्सपिडिसनका सञ्चालक उत्सव पाठक (८८४८.८६) मिटर उचाइको सगरमाथा र (८५१६) मिटर उचाइको लोत्से आरोहण गर्ने पहिलो टोली बनेको बताए ।
सामान्यतया सगरमाथा चढेपछि आरोहीहरु क्याम्प ४ मै बसेर लोत्से आरोहण गर्ने भए पनि उक्त टोली भने क्याम्प २ मा झरेर पुनः लोत्सेको आरोहण गरेको हो । हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत हाल सगरमाथामा ६ जना र सगरमाथा तथा लोत्सेमा तीन जनाको टोली आरोहणका लागि गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण