बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

होल्डिङ सेन्टरमा सुकुमबासीलाई कैदीजस्तै राखिएको भन्दै सरकारको ध्यानाकर्षण

मङ्गलबार, ०५ जेठ २०८३, ११ : ३८
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • सांसद विष्णुमाया विकले काभ्रेको होल्डिङ सेन्टरमा सुकुमबासीको दयनीय अवस्थाबारे संसदमा आवाज उठाएकी छन् ।
  • होल्डिङ सेन्टरमा राखिएका २७ जना विद्यार्थीको पठनपाठन अवरुद्ध भएको र उनीहरू कैदीजस्तै थुनिएको सांसद विकले बताइन् ।
  • घर भत्काइएपछि मानसिक सन्तुलन गुमाएका मिलन तामाङको उपचार र विद्यार्थीहरूको पठनपाठनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

काठमाडौँ । सरकारले डोजर लगाएर घर भत्काएपछि होल्डिङ सेन्टरमा राखेका सुकुमबासीहरुको अवस्था अत्यन्त दयनीय रहेको दाबीसहित संसदमा आवाज उठेको छ । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद विष्णुमाया विकले काभ्रेको होल्डिङ सेन्टरमा राज्यव्यवस्था तथा सुशासन मितिको तर्फबाट अनुगमन गर्दा त्यस्तो दयनीय अवस्था पाइएको बताएकी हुन् । बैठकको आकस्मिक समयमा बोल्दै सांसद विकले गरिबहरूलाई पनि बाच्न पाउने अधिकार रहेको भन्दै सरकारले सुकुमबासीहरुलाई अलपत्र पारेको बताइन् । 

‘सुशासन समितिकातर्फबाट हामी हिजो काभ्रेको होल्डिसेन्टर अनुगमनमा गएका थियौ’, विकले भनिन्, ‘त्यहाँ ११० जना राखिएको  रहेछ । त्यहाँ राखिएका स्कुल तथा कलेज पढ्ने २७ जना विद्यार्थीको पठनपाठन समेत अवरुद्ध रहेको पाइएको छ’, होल्डिङ सेन्टरको अवस्थाबारे जानकारी दिँदै उनले भनिन्, ‘विद्यार्थीहरुको पठनपाठन ठप्प रहेछ। कैदीजस्तै थुनिएको छ ।’ 

उनले मिलन नाम गरेका युवा पठाओ चलाएर जिविकोपार्जन गर्दै गरेकोमा डोजरले घर भत्किएपछि मानसिक सन्तुलन नै गुमाउन पुगेकाले उनको उपचार गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । ‘मिलन तामाङको उपचार तथा अन्य विद्यार्थीहरूको पठन पाठनको व्यवस्थामा सरकारको ध्यान जाओस्’, विश्वकर्माको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप