शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

वर्षा सुरु भएपछि कञ्चनपुरका जनताको निन्द्रा र भोक हराउँछ : सांसद धामी

मङ्गलबार, ०५ जेठ २०८३, ११ : ५०
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभाको बैठकमा पर्चा देखाएर विरोध जनाएका छन् ।
  • सोमबार पार्टीका सबै सांसदले विरोध जनाए पनि मंगलबार राई एक्लैले विरोध प्रदर्शन गरेका हुन् ।
  • पार्टीका अन्य ५ सांसद भने आ-आफ्नो स्थानमा बसिरहेका थिए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जनकसिंह धामीले बर्षायाम सुरु हुनेबित्तिकै कञ्चनपुरका कञ्चनपुर क्षेत्र नम्बर १ का केही क्षेत्रका वासिन्दाको रातीको निन्द्रा र दिनको भोक हराउने गरेको भन्दै दोधा र चौधर नदीमा बलियो तटबन्ध बनाउन सरकारसँग माग गरेका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद धामीले दोधा र चाँदनी नदीमा बर्षायाममा बाढी आउँदा लालझाडी, बेलौरी, बेलडाँडी र पुनर्वासका जनताको भोक निन्द्रा हट्ने गरेको बताएका हुन् ।

 उक्त क्षेत्रमा राना–थारुको बसोबास रहेको भन्दै उनले ‘जनताको निन्द्रा र भोक हराइदिने अभिसापको रुपमा रहेको त्यो नदीको नाम हो–दोधा र चौधर नदी । यी दुई नदीको उच्च बहाबले जमिन कटान, डुवान र पटानले यो क्षेत्रका जनताकोृ जनजीवन उच्च जोखिममा रहेको छ’, सांसद धामीको भनाइ छ ।

  उनले जमिन गर बन्दा सुकुमवासी बन्नुपरेको तथा केही ज्यान पाल्न भारत जान बाध्य भएको बताए । उनले त्यस क्षेत्रलाई राना थारु संरक्षित क्षेत्र घोषणा गर्न समेत माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप