अतिक्रमित ५१ टहरामा महानगरको डोजर, मेयर आचार्यद्वारा निरीक्षण
सारांश
- पोखराको अमरसिंह चोकमा रहेका ५१ वटा अतिक्रमित टहरामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ ।
- पृथ्वी राजमार्गको छेउमा रहेका यी टहराहरू २०३८ सालदेखि व्यावसायिक रूपमा भाडामा लगाइएका थिए ।
- सर्वपक्षीय बैठकको सहमतिपछि डोजर चलाइएको र व्यवसायीले सटर खाली गरेपछि महानगरले भग्नावशेष हटाउने काम गरिरहेको छ ।
पोखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोकमा रहेका सटर र टहराहरूमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ ।
पृथ्वी राजमार्गको छेउमा रहेका ५१ वटा टहरा मङ्गलवार बिहानै डोजर लगाएर हटाइएको हो ।
महानगरले अतिक्रमित संरचना हटाएपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त क्षेत्रको स्थलगत निरीक्षण समेत गरेका छन् ।

अमरसिंह माध्यमिक विद्यालयको भोगाधिकारभित्र रहेको यो जग्गामा विगत २०३८ सालदेखि नै टहरा बनाएर व्यावसायिक रूपमा भाडामा लगाइएको पोखरा महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सन्तोष बास्तोलाले बताएका छन् । यो संरचना हटाउन लामो समयदेखि प्रयास भइरहे पनि यस पटक व्यवसायी, विद्यालय र वडासहितको आपसी समन्वय र सहमतिबाटै टहरा हटाइएको उनले जानकारी दिए ।

अमरसिंह चोकका टहराहरूमा डोजर पठाउनु अघि पोखरा महानगरपालिकाले सोमवार सर्वपक्षीय बैठक राखेको थियो । सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहितको उपस्थितिमा भएको उक्त बैठकका सहभागीहरूले राजमार्ग मिचेर बनाइएका यस्ता अनधिकृत संरचनाहरू तत्काल हटाउनुपर्ने सुझाव दिएका थिए । सर्वपक्षीय बैठकको सोही निष्कर्ष र सहमतिपछि महानगरले मङ्गलवार बिहानै सो क्षेत्रमा डोजर परिचालन गरेको हो ।

महानगरपालिकाले डोजर पठाउनु अगावै व्यवसायीहरूले आफ्ना सटर तथा पसलहरू खाली गरिसकेका थिए । कतिपय व्यवसायीले त टहरा भत्काएर त्यहाँ रहेका आफ्ना बहुमूल्य संरचना र निर्माण सामग्रीहरू समेत सुरक्षित रूपमा निकालेर लगिसकेका छन् ।

व्यवसायीहरू आफैँले सरसामान र संरचना हटाएर सहयोग गरेपछि अहिले महानगरको डोजरले सो ठाउँमा बाँकी रहेका भग्नावशेष हटाउने र जमिन सम्म्याउने काम मात्रै गरिरहेको छ ।










तस्बिर : अर्जुन गाहा/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण