एलन मस्कले हारे ओपन एआईविरुद्धको मुद्दा
सारांश
- अमेरिकी अदालतले एलन मस्कले ओपनएआईविरुद्ध दायर गरेको मुद्दामा ओपनएआईको पक्षमा फैसला सुनाएको छ ।
- ओपनएआई मानवताको हितका लागि स्थापना भएको मूल उद्देश्यबाट विचलित भई नाफामुखी बनेको आरोप मस्कले लगाएका थिए, तर अदालतले यसलाई जिम्मेवार ठहर्याएन ।
- मस्कले अदालतको निर्णयलाई 'खतरनाक उदाहरण' भन्दै आलोचना गरेका छन् र पुनरावेदन गर्ने बताएका छन् ।
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कलाई अमेरिकी अदालतले झट्का दिएको छ । कृत्रिम बौद्धिकता कम्पनी ओपनएआईविरुद्ध मस्कले दायर गरेको मुद्दामा अमेरिकी अदालतले ओपनएआईको पक्षमा फैसला गरेको हो ।
ओकल्यान्डस्थित सङ्घीय अदालतको जुरीले सर्वसम्मत निर्णय गर्दै मस्कले मुद्दा दायर गर्न धेरै ढिलो गरेको ठहर गरेको हो । जुरीले दुई घण्टाभन्दा कम समयमा निर्णय सुनाएको बताइएको छ ।
ओपनएआई मानवताको हितका लागि स्थापना गरिएको मूल उद्देश्यबाट विचलित हुँदै नाफामुखी बनेको आरोप मस्कले लगाएका थिए । तर अदालतले ओपनएआईलाई जिम्मेवार ठहराएन । फैसलापछि मस्कले “खतरनाक उदाहरण” भन्दै यसको आलोचना गरे । सामाजिक सञ्जाल एक्समा एउटा पोस्टमा उनले ओपनएआईका सीईओ साम अल्टम्यान र अध्यक्ष ग्रेग ब्रोकम्यानले संस्थालाई धन आर्जनको माध्यम बनाएको आरोप दोहोर्याए ।
“अल्टम्यान र ब्रोकम्यानले वास्तवमै एउटा च्यारिटी संस्थालाई आफ्नो फाइदाका लागि प्रयोग गरे । यस्तो निर्णयले अमेरिकामा परोपकारी संस्थाप्रतिको विश्वास कमजोर बनाउने,” मस्कले लेखेका छन् । यो मुद्दाको सुनुवाइ गर्ने अमेरिकी जिल्ला न्यायाधीश इभोन गोन्जालेज रोजर्सले जूरीको निर्णयलाई समर्थन गर्दै पर्याप्त प्रमाण रहेको बताइन् । मस्क सन २०१५ मा स्थापना भएको ओपनएआईका सह–संस्थापक हुन् ।
उनले प्रारम्भिक वर्षहरूमा यसमा करिब ३ करोड ८० लाख अमेरिकी डलर लगानी गरेका थिए । पछि ओपनएआईले च्याटजीपीटी जस्ता चर्चित एआई प्रविधि विकास गर्यो । सन २०२४ मा मस्कले ओपनएआईले गैरनाफामुखी उद्देश्य त्यागेर व्यावसायिक मोड लिएको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए । उनले अब अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण