बजारीकरणका लागि पोखरामा तरबुजा मेला
पोखरा । पोखरा महानगरपालिका १३ नम्बर वडाले तरबुजा मेला गरेको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्न मेला आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाको परिसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर धनराज आचार्यले किसानलाई प्रोत्साहन गर्न मेला गरिएको बताए ।
‘पोखरा महानगरपालिकाले सिजन अनुसारका उत्पादनलाई प्रोत्साहन गर्न मेला र महोत्सवहरू गर्दै आएको छ,’ उनले भने, ‘हामीले किसानलाई अनुदान पनि दिएका छौँ । उत्पादनको समर्थन मूल्य पनि तोकेका छौँ ।’ उत्पादित सामग्री विक्री नभए महानगरले न्यूनतम मूल्य दिएर खरिद गर्ने व्यवस्था मिलाएको उनले सुनाए।
पोखराले किसानको उत्पादन बजारसम्म पुर्याउनकै लागि कृषि एम्बुलेन्स पनि सञ्चालन गरिरहेको छ । हरेक दिन एम्बुलेन्समा किसानले आफ्ना फसल बजार पठाउँछन् र बिक्री भएको उत्पादनको मूल्य अनुसारको रकम बुझ्ने गरेका छन्।
आगामी दिनमा थप प्रोत्साहनका कार्यक्रम गरिने आचार्यले बताए । वडाध्यक्ष किरण बरालले तरबुजाको उत्पादन बिस्तारै बढ्दै गएपछि उत्पादक र उपभोक्तालाई एकै ठाउँमा राख्न मेलाको आयोजना गरिएको सुनाए । ‘धेरैको उत्पादन बारीमै कुहिएर खेर गएको छ । हामीले समाचारमा यस्ता धेरै घटनाहरू सुन्ने र हेर्ने गरेका छौँ,’ उनी भन्छन्, ‘हाम्रो वडामा किसानको उत्पादन खेर जान नदिन हरसम्भव प्रयास वडाले गरिरहेको छ ।’
तरबुजा सिजन अनुसार फल्ने भएकोले समयमै विक्री नभए किसानले क्षति व्यहोर्नुपर्ने भएकोले बजारसँग जोड्न मेला गरिएको उनको भनाई छ । मेलामा तरबुजा खेती र उत्पादनलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो।
कृषक सम्मान, तरबुजा दौड, तरबुजा खाने प्रतियोगिता तथा तरबुजा क्विज आयोजना गरिएको थियो । आयोजकका अनुसार मेलामा सबैभन्दा ठुलो तरबुजा उत्पादन गर्ने कृषक, सबैभन्दा मिठो तरबुजा उत्पादन गर्ने कृषक तथा उत्कृष्ट स्टल व्यवस्थापन गर्ने कृषकलाई सम्मान गरिएको हो।
पोखराको ५ सय रोपनी क्षेत्रफलमा तरबुजा खेती हुने अनुमान छ । त्यसबाट करिब ४० जातका तरबुजा उत्पादन भइरहेको महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।
किसानहरूले स्थानीय उत्पादनको संरक्षण र बजारीकरणका लागि यस्ता मेला प्रभावकारी हुने बताएका छन् । उनीहरूले कृषिलाई व्यावसायिक र आकर्षक बनाउन स्थानीय तहले थप सहयोग र प्रवर्द्धन गर्नुपर्ने माग राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण