सभामुखले नियमावलीमा टेकेर सचेत गराएपछि हर्क राईले नियमावलीमै टेकेर उठाए प्रश्न, नियमावलीले के भन्छ ?
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् ।
राईले केही दिन यता प्रतिनिधि सभा बैठकमा प्लेकार्ड प्रदर्शन गर्दै आएका छन् । बुधबार बसेको बैठकमा पनि उनले प्लेकार्ड प्रदर्शन गरेपछि सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली अनुसार सचेत गराए ।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।
प्रतिनिधि सभा नियमावलीको नियम ३० मा चेतावनी सम्बन्धी व्यवस्था छ । उक्त नियममा भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ ।’
सभामुख अर्यालको यस्तो चेतावनीपछि सांसद राईले पनि नियमावलीमै टेकेर सभामुखलाई प्रश्न गरे । उनले सभामुख अर्याललाई ‘प्रतिनिधि सभा नियमावलीको नियम १५ पालना गराउनु भयो ?’ भनेर प्रश्न गरे ।
प्रतिनिधि सभा नियमावलीको नियम १५ मा शून्य र विशेष समय सम्बन्धी व्यवस्था छ । नियम १५ को उपनियम (१)मा भनिएको छ, ‘सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले शून्य र विशेष समय तोक्न सक्नेछ ।’
सोही उपनियममा अगाडि भनिएको छ, ‘तर अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बिचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्यापढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण