शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सत्तापक्षका सांसद निरीहजस्तो भए: वर्षमान

बुधबार, ०६ जेठ २०८३, १४ : ३७
बुधबार, ०६ जेठ २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका छन् ।
  • बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरी सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको पुनले बताए ।
  • ढिलो गरी संसदको अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रित छलफलहरू छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उनले उल्लेख गरे ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका छन् । 

बुधवार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरी सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका हुन् ।

 सत्तापक्षका सांसदहरूले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले प्रश्न उठाउन सक्ने उनले बताए । 

त्यस्तै उनले ढिलो गरी संसदको अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रित छलफलहरू छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे ।  सरकारको नियत संसद् छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन आफूहरूले ध्यानाकर्षण गराएको उनले बताए । 

उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप