२ करोड ५८ लाख बिगो तोकिएका फरार प्रतिवादी पक्राउ
बुधबार, ०६ जेठ २०८३, १७ : ५०
सारांश
- काठमाडौँ प्रहरीले बैंकिङ कसुरका एक फरार प्रतिवादी हर्कबहादुर बुढालाई पक्राउ गरेको छ ।
- ललितपुर बस्ने ४६ वर्षीय बुढालाई कलङ्कीबाट पक्राउ गरिएको हो ।
- उनलाई २ करोड ५८ लाख रुपैयाँ बिगो तोकिएको छ ।
काठमाडौँ । काठमाडौँ प्रहरीले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका– ४ घर भई ललितपुर बस्ने ४६ वर्षीय हर्कबहादुर बुढालाई बुधबार कलङ्कीबाट पक्राउ गरेको हो ।
बुढालाई जिल्ला अदालत काठमाडौँले २०८२ पुस १ गते बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति दिएको थियो । अदालतको अनुमति लगत्तै फरार रहेका बुढामाथि २ करोड ५८ लाख रुपैयाँ बिगो तोकिएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण