शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ को आवेदन, त्रिविमा आकर्षण

बुधबार, ०६ जेठ २०८३, १८ : ०९
बुधबार, ०६ जेठ २०८३

सारांश

  • शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन प्राप्त भएको विवरण सार्वजनिक गरेको छ।
  • सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा ५० वटा आवेदन परेको छ भने पूर्वाञ्चल र पोखरा विश्वविद्यालयमा समान ३८र३८ वटा आवेदन प्राप्त भएका छन्।
  • आवेदन प्रक्रिया सम्पन्न भएसँगै अब उपकुलपति छनोट तथा सिफारिस प्रक्रियालाई अगाडि बढाइनेछ।

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको छ।

बुधबार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अनलाइनमाध्यमबाट उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन प्राप्त भएका छन्। प्राप्त आवेदनमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा ५० वटा आवेदन परेको छ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान ३८/३८ वटा आवेदन प्राप्त भएका छन्।

यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ तथा राजर्षि जनक विश्वविद्यालयमा २७ आवेदन परेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आवेदन प्रक्रिया सम्पन्न भएसँगै अब छनोट तथा सिफारिस प्रक्रियालाई अगाडि बढाइनेछ।

 

702392239_1001013405773573_986040066420163918_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप