नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले नेपाल 'पाकिस्तानी मोडल' को प्रजातन्त्रतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।
- सांसद सिंहले संसद्लाई छलेर अघि बढ्ने र विधिको शासनलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण लोकतन्त्र जोखिममा परेको तथा 'पुलिस स्टेट' हाबी हुन खोजेको बताए ।
- उनले विधिको शासन मिचेर व्यापारीलाई थुन्ने परिपाटीले लगानीकर्तामा डर पैदा गरी अर्बौं रुपैयाँ विदेश पलायन भएको तथा छिमेकी मुलुकहरूसँगको भू-राजनीतिक सन्तुलन खलबलिएको आरोप लगाए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।
हिमालयन टेलिभिजनमा बुधबार प्रसारित एक अन्तर्वार्ताका क्रममा सांसद सिंहले संसद्लाई छलेर अघि बढ्ने र विधिको शासनलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण लोकतन्त्र जोखिममा परेको दाबी गरे । उनले नेपालमा ‘पुलिस स्टेट’ हाबी हुन खोजेको भन्दै पाकिस्तानमा जस्तै संसद्लाई कमजोर बनाउने खेल भइरहेको बताए ।
पछिल्लो समय व्यवसायीहरूलाई कानुनी प्रक्रिया र पर्याप्त आधारबिना पक्राउ गर्ने र भोलिपल्टै छोड्ने परिपाटीले अर्थतन्त्रमा नकारात्मक असर परेको सिंहको विश्लेषण छ । ‘जसरी विधिको शासन मिचेर व्यापारीहरूलाई थुन्ने काम भइरहेको छ, यसले लगानीकर्तामा डर पैदा गरेको छ,’ उनले भने, ‘यही कारण नेपालको अर्बौं रुपैयाँ विदेश पलायन भइसकेको छ ।’
नेपालको राजनीतिक इतिहासमा दुई तिहाइ र बहुमतका सरकारहरू सफल नभएको उदाहरण दिँदै उनले वर्तमान सरकार पनि पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गरे । सत्ताको उन्मादले गर्दा संविधान र परम्पराको उल्लंघन भइरहेको उनको आरोप छ ।
त्यस्तै, छिमेकी मुलुकहरूसँगको सम्बन्धको चर्चा गर्दै सिंहले केपी शर्मा ओलीको पालामा भन्दा अहिले भारत र चीनसँगको भू–राजनीतिक सन्तुलन खलबलिएको दाबी गरे । उनले सरकार मधेसका समस्याप्रति असंवेदनशील बनेको र मधेसबाटै प्रतिनिधित्व गर्ने नेतृत्वले पनि सीमा क्षेत्रका पीडा बुझ्न नसकेको भन्दै आक्रोश पोखे ।
सुकुमवासी बस्ती हटाउने सरकारको कार्यशैलीको विरोध गर्दै उनले उचित विकल्पबिना संरचना भत्काउनु गलत भएको बताए । वर्तमान राजनीतिक अन्योल र संवैधानिक संकटका कारण आगामी स्थानीय तहको निर्वाचनसम्म यही संविधान रहला कि नरहला भन्नेमा समेत उनले गम्भीर आशंका व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण