सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन खुल्यो
बिहीबार, ०७ जेठ २०८३, ०७ : ३८
सारांश
- सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदपूर्तिका लागि नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।
- खुला प्रतिस्पर्धात्मक प्रणालीबाट योग्य व्यक्ति छनोट गरिनेछ ।
- योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०८३ जेठ १८ गते सोमबारसम्म आवेदन दिन सक्नेछन् ।
काठमाडौँ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रणालीबाट योग्य व्यक्ति छनोट गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०८३ जेठ १८ गते सोमबारसम्म आवेदन दिन सक्नेछन् ।
दरखास्तका लागि आवश्यक पर्ने विस्तृत विवरण, मापदण्ड र फाराम मन्त्रालयको आधिकारिक वेबसाइट www.mocit.gov.np मा उपलब्ध गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण