गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त माग
बिहीबार, ०७ जेठ २०८३, ०७ : ४१
सारांश
- गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ ।
- सूचना तथा सञ्चार मन्त्रालयले प्रतिस्पर्धात्मक माध्यमबाट संस्थानको नेतृत्व चयन गर्नका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो ।
- इच्छुक व्यक्तिले आगामी २०८३ जेठ १८ गतेभित्र मन्त्रालयमा आफ्नो दरखास्त पेश गरिसक्नुपर्नेछ ।
काठमाडौँ । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि सरकारले दरखास्त आह्वान गरिएकाे छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रतिस्पर्धात्मक माध्यमबाट संस्थानको नेतृत्व चयन गर्नका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो ।
इच्छुक व्यक्तिले आगामी २०८३ जेठ १८ गतेभित्र मन्त्रालयमा आफ्नो दरखास्त पेश गरिसक्नुपर्नेछ । यस सम्बन्धी योग्यता, आवश्यक कागजात र दरखास्त प्रक्रियाको विस्तृत जानकारी मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा राखिएको जानकारी गराइएको छ ।
मन्त्रालयले योग्यता पुगेका सबै इच्छुक उम्मेदवारहरूलाई समयसीमा भित्रै आवेदन दिन सूचित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण