सांसद अर्यालले भनिन् – पेट्रोलियम पदार्थको कर घटाऊ, किसानलाई मल देऊ
सारांश
- नेकपा एमाले सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सर्वसाधारणको भान्सादेखि ढुवानीसम्म थला परेको बताएकी छन्।
- सांसद अर्यालले दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा इन्धनको मूल्य अत्यधिक हुनुको कारण सरकारले थोपरेको अनावश्यक र दोहोरो कर भएको दाबी गरिन्।
- धान रोपाइँको समय सुरु भइसक्दा पनि किसानले मल नपाएको भन्दै अर्यालले तत्काल मलको व्यवस्था गर्न माग गरिन्।
काठमाडौँ । नेकपा एमाले सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सर्वसाधारणको भान्सादेखि ढुवानीसम्म थला परेको बताएकी छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा अर्यालले चर्को महँगी र मल अभावका कारण आम नागरिक र किसानहरू छटपटिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
सांसद अर्यालले दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा इन्धनको मूल्य अत्यधिक हुनुको कारण सरकारले थोपरेको अनावश्यक र दोहोरो कर भएको दाबी गरिन्।
‘सङ्कटको बेला अभिभावक बन्नुपर्ने राज्य आफैँ किन व्यापारीजस्तो नाफामुखी बन्दैछ,’ अर्यालले भनिन्, ‘नागरिकहरू आज बजार जाँदा आम्दानी सुकेको र खर्चको पहाड अग्लिएको देखेर छाँगाबाट खसेजस्तै भएका छन् ।’
धान रोपाइँको समय सुरु भइसक्दा पनि किसानले मल नपाएको भन्दै अर्यालले तत्काल मलको व्यवस्था गर्न माग गरिन्। ‘किसानको हातमा बीउ छ, आकाशमा बादल छ, तर खेतमा हाल्ने मल छैन,’ अर्यालले भनिन्, ‘हरेक वर्ष रोपाइँकै बेला मलको हाहाकार हुनु सरकारको योजना विहीनता र लाचारी हो ।’
वार्षिक रूपमा आवश्यक पर्ने मलको तथ्याङ्क थाहा हुँदाहुँदै पनि सरकारले आपूर्ति र वितरण प्रणाली मिलाउन नसकेको उनको आरोप थियो । अर्यालले राति भोकै चुल्हो निभाएर बस्न बाध्य परिवारको आँसु र मल नपाएर छटपटिएका किसानको वेदनालाई सिंहदरबारले महसुस गर्नुपर्ने बताइन्।
युवाहरूको आक्रोशलाई हलुका रूपमा नलिन पनि सरकारलाई अर्यालले चेतावनी दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण