सगरमाथाको चुचुरोमा अमेरिकी कूटनीतिज्ञ
सारांश
- नेपालस्थित अमेरिकी दूतावासकी सार्वजनिक मामिला प्रमुख माइक हार्करले सगरमाथाको सफल आरोहण गरेका छन्।
- उनी सगरमाथाको शिखरमा पाइला टेक्ने पहिलो बहालवाला अमेरिकी कूटनीतिज्ञ बनेका छन्।
- यो आरोहणले नेपाल-अमेरिका मैत्री सम्बन्धलाई उचाइमा पुर्याएको र सगरमाथा संरक्षणको महत्त्वलाई जोड दिएको छ।
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासका पब्लिक अफेयर चिफ (सार्वजनिक मामिला प्रमुख) माइक हार्करले सगरमाथाको सफल आरोहण गरेका छिन् । जेठ ६ गते बिहान ९ बजेर १० मिनेटमा उनले सगरमाथा आरोहण गर्न सफल भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
योसँगै उनी सगरमाथाको शिखरमा पाइला टेक्ने पहिलो बहालवाला अमेरिकी कूटनीतिज्ञ भएका छन् । यो आरोहण अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव ‘फ्रिडम २५०’ को पूर्वसन्ध्यामा भएको हो, जसले अमेरिकी नागरिकको साहस, दृढ सङ्कल्पलाई उजागर गरेको बताइएको छ ।
उनको यो सफलता २० वर्ष लामो अथक यात्राको परिणाम रहेको दूतावासले जनाएको छ । सन् २००६ मा अन्नपूर्ण आधार शिविरको ट्रेकिङका क्रममा उनी पहिलो पटक नेपाल आएका थिए ।
यो सफल आरोहणले नेपाल र अमेरिका बिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ उचाइमा पुर्याएको बताइएको छ । सगरमाथा जस्तो विश्वकै अमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्नु अत्यन्तै जरुरी रहेको र यसले मात्र आगामी पुस्ताका साहसीहरूलाई प्रेरित गरिरहने अधिकारी हर्करले बताए ।
यसअघि वैशाख १८ गते दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सगरमाथा आधार शिविरमा अल्ट्र एक्स जेन–२ नामक अमेरिकन ड्रोन परीक्षण गरेका थिए । त्यसको २० दिनपछि दूतावासका पब्लिक अफेयर हार्करले सगरमाथाको सफल आराेहण गरेका छन् ।
उक्त कार्गो ड्रोन परीक्षण पनि विवादमा परेको छ । चीनले त्यसमा आपत्ति जनाएपछि नेपाल सरकारले त्यसलाई उडाउन अनुमति नदिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । ड्रोन परीक्षणका लागि अमेरिकी दूतावासले गृह मन्त्रालयसँग अनुमति मागेको थियो । तर दुई देश (अमेरिका–चीन) को संवेदनशीलतालाई मध्यनजर गर्दै सो ड्रोन उडाउन अनुमति नदिएको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण