एलिना चौहानको चेतावनी : पारिश्रमिक नदिए अर्को कदम चाल्छु
शुक्रबार, ०८ जेठ २०८३, १५ : १६
सारांश
- गायिका एलिना चौहानले आफूले विभिन्न कार्यक्रममा प्रस्तुति दिएको पारिश्रमिक ढिलो नगरी दिन आग्रह गरेकी छन् ।
- उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै पारिश्रमिक दिन ढिलो गरे अर्को कदम चाल्ने चेतावनी दिएकी हुन् ।
- चौहानको पोस्टले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ र धेरै समर्थक तथा शुभचिन्तकहरूले कलाकारको मेहनतको उचित सम्मान हुनुपर्ने भन्दै प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ । गायिका एलिना चौहानले आफूले विभिन्न कार्यक्रममा प्रस्तुति दिएको पारिश्रमिक ढिलो नगरी दिन आग्रह गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै पारिश्रमिक दिन ढिलो गरे अर्को कदम चाल्ने चेतावनी दिएकी हुन् ।
उनी लेख्छिन्, ‘कृपया थप ढिलाइ नगरी मेरो पारिश्रमिक उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु, अन्यथा म अर्को कदम चाल्न बाध्य हुनेछु । धन्यवाद । रिप्लाई नगरे पनि यो त देखिएला ।’
चौहानको पोस्टले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । धेरै समर्थक तथा शुभचिन्तकहरूले कलाकारको मेहनतको उचित सम्मान हुनुपर्ने भन्दै प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण