मिस नेपाल २०२६ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौँ । टायल उद्योगको अग्रणी ब्रान्ड कजारिया नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकको रूपमा आबद्ध भएको छ ।
यस साझेदारीसम्बन्धी औपचारिक घोषणा ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो ।
यो सहकार्यमार्फत कजारियाले टायल र डिजाइन सोलुसन्सको दायराभन्दा माथि उठेर आफूलाई आधुनिक नेपाली उत्कृष्टता, आत्मविश्वास र भव्यताको पर्यायका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । देशभरका उपभोक्तासँग गहिरो भावनात्मक सम्बन्ध बनाउन यो मञ्च सहयोगी हुने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रवक्ताले भने, ‘मिस नेपाल २०२६ को मुख्य प्रायोजकको रूपमा आबद्ध हुन पाउँदा हामीलाई अत्यन्तै गर्व लागेको छ । यो सहकार्य प्रायोजन मात्र नभएर व्यक्तिहरूलाई प्रेरित गर्ने र सफलताको उत्सव मनाउने मञ्चहरूलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । यस आबद्धतामार्फत हामी कजारियालाई आकांक्षा, भव्यता र समकालीन जीवनशैलीको पर्याय ब्रान्डको रूपमा स्थापित गर्न चाहन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण