पेडियाट्रिक्स र प्याथोलोजी वारियर्स बने मणिपाल क्रिकेट लिग २०२६ का विजेता
पोखरा । मणिपाल क्रिकेट लिग २०२६ भव्य रूपमा सम्पन्न भएको छ । एमबीबीएस ब्याच २०२३ द्वारा आयोजित उक्त प्रतियोगिता हालसम्मकै सबैभन्दा ठुलो तथा भव्य एमसिएल संस्करणका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विद्यार्थी, शिक्षक तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
पुरुषतर्फको फाइनलमा टिम सर्जरी र टिम पेडियाट्रिक्सबिच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । उत्कृष्ट टोलीगत प्रदर्शन गर्दै पेडियाट्रिक्स उपाधि जित्न सफल भयो ।
यस वर्षदेखि सुरु गरिएको प्रतिष्ठित “रनिङ शिल्ड” जित्दै पेडियाट्रिक्स उक्त शिल्डमा आफ्नो नाम अंकित गर्ने पहिलो टोली समेत बनेको छ । आयोजकका अनुसार अबदेखि प्रत्येक वर्ष विजेता टोलीको नाम उक्त शिल्डमा अंकित गरिनेछ।
पुरुषतर्फ “प्लेयर अफ द टुर्नामेन्ट” उमेश पन्त घोषित भए भने “सर्वोत्कृष्ट ब्याटर” चन्दन प्रसाद राउत, “सर्वोत्कृष्ट बलर” थानुशिका गुणवार्डेना, “सर्वोत्कृष्ट फिल्डर” दीपक राज भण्डारी तथा “उदीयमान खेलाडी” नाहिद खान घोषित भएका थिए।
त्यसैगरी महिलातर्फको फाइनलमा ह्वाइट एन्जल्स र प्याथोलोजी वारियर्सबीच प्रतिस्पर्धा भएको थियो । उत्कृष्ट प्रदर्शन गर्दै प्याथोलोजी वारियर्स विजेता बन्न सफल भयो।
महिलातर्फ “प्लेयर अफ द टुर्नामेन्ट” श्वेता ढकाल घोषित भइन् । त्यसैगरी “सर्वोत्कृष्ट ब्याटर” वैश्णवी गणेश कोहाड, “सर्वोत्कृष्ट बलर” सरस्वती ओझा, “सर्वोत्कृष्ट फिल्डर” याशिका बुढा मगर तथा “उदीयमान खेलाडी” दीपिका गैरे घोषित भएका थिए।
समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। साथै विभिन्न साङ्गीतिक तथा नृत्य प्रस्तुतिहरूले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।
आयोजक समितिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, खेलाडी तथा दर्शकप्रति आभार व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण