फिर्केखोलामा ३ ठाउँबाट डोजर चलाउने महानगरको तयारी, जनप्रतिनिधि र कर्मचारी सबै खटिने
सारांश
- पोखरा महानगरपालिकाले आइतबारदेखि फिर्के खोला मिचेर बनाइएका अवैध संरचना हटाउन ३ ठाउँबाट डोजर चलाउने तयारी गरेको छ ।
- महानगरले ३५ दिने सूचनाको म्याद सकिएपछि खोलाको मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन लागेको हो ।
- यस अभियानमा सम्बन्धित वडाका जनप्रतिनिधि र कर्मचारीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।
पोखरा । पोखराको बहुचर्चित फिर्के खोलाघर खाली गर्ने योजनामा आइतबारदेखि काम सुरु हुने भएको छ ।
पोखरा महानगरपालिकाले आइतबार ३ ठाउँबाट एकैसाथ डोजर चलाउन सुरु गर्न लागेको हो । फिर्के खोला मिचेर बनाइएका अवैध संरचना हटाउने अभियान सुरु भएको मेयर धनराज आचार्यले जानकारी दिए ।महानगरले यसअघि ३५ दिने सूचना निकालेको थियो ।
उक्त सूचनाको म्याद शनिबार सकिएको छ । आइतबार देखि नै खोला किनारका अवैध संरचनामा डोजर चलाउन लागिएको आचार्यले बताए । खोलाको मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन महानगरले बिहान १० बजेदेखि अँधेरीकुना, बुढानीलकण्ठ मन्दिर र जिरो किलोमिटर गरी तीन स्थानबाट डोजर चलाउन लागेको हो ।
यसका लागि महानगरले सम्बन्धित वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरसभा सदस्य, वडा सचिव, इन्जिनियर र सम्पूर्ण कर्मचारीलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । अँधेरीकुना केन्द्रमा वडा नम्बर १, २, ३, १६, १८, १९, २०, २४, २५ र ३० का जनप्रतिनिधि तथा कर्मचारीहरू खटिने छन् ।
बुढानीलकण्ठ मन्दिरमा वडा नम्बर ४, ५, ९, १०, ११, १२, १३, २६, २८, ३१ र ३३ का प्रतिनिधि र कर्मचारीहरू रहनेछन् भने जिरो किलोमिटर केन्द्रमा वडा नम्बर ६, ७, ८, १४, १५, १७, २१, २२, २३, २७, २९ र ३२ का प्रतिनिधि र कर्मचारीहरू खटिने महानगरको तालिका छ ।
यसमा नेतृत्व सम्बन्धित वडाका वडाध्यक्षहरुले गर्नेछन् । फिर्केखोला वडा नम्बर १८ बाट सुरु भएर २, ४, ५, ६, ७, ८ र १७ बाट बग्छ । महानगरपालिकाले २०८० सालमै खोलाघर हटाउन लागेको थियो । ३५ दिने सूचना निकालेपछि स्थानीले अदालतमा मुद्दा दर्ता गरे ।
अदालतले तत्काल नचलाउन अन्तरिम आदेश दिएपछि प्रक्रिया लम्बिएको हो । पछि अदालतले पनि महानगरकै पक्षमा फैसला गरेको छ । महानगरले सूचना निकालेपछि केही व्यवसायी र व्यक्तिहरुले आफ्नो संरचना खाली गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण