अल इन्डिया गोल्ड कपका लागि ‘नेपाल ए’ टोलीको घोषणा, अनिल साहलाई कप्तानीको जिम्मेवारी
सारांश
- नेपाल क्रिकेट संघ (क्यान) ले भारतमा हुने ४२ औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताका लागि 'नेपाल ए' टोलीको घोषणा गरेको छ।
- अनिल साहको कप्तानीमा १५ सदस्यीय 'नेपाल ए' टोलीको चयन गरिएको छ, जसमा मयन यादव, देव खनाल, रसिद खान लगायतका खेलाडी समावेश छन्।
- यसैबीच, गुलशन झा र ईशान पाण्डे 'ईयू टी-२० बेल्जियम' प्रतियोगिता खेल्न बेल्जियम प्रस्थान गर्ने भएका छन्।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतको उत्तराखण्डमा आयोजना हुने ४२ औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताका लागि ‘नेपाल ए’ टोलीको घोषणा गरेको छ।
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १५ सदस्यीय टोलीको चयन गरिएको हो।
क्यानले यस प्रतियोगिताका लागि टोलीको कप्तानीको जिम्मेवारी अनिल साहलाई सुम्पेको छ । घोषित टोलीमा मयन यादव, तृत राज दास, देव खनाल, रसिद खान, बसिर अहमद र नारायण जोशी रहेका छन्। यसैगरी टोलीमा आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे र युवराज खत्रीले स्थान बनाएका छन् । टोलीका अन्य सदस्यहरूमा विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल रहेका छन्।
यसैबिच क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी युरोपेली लिग खेल्न बेल्जियम प्रस्थान गर्न लागेको पनि जानकारी दिएको छ।
आगामी जुन ६, २०२६ देखि सुरु हुन लागेको ‘ईयू टी–२० बेल्जियम’ प्रतियोगितामा जेबी ब्रुग्स टोलीको तर्फबाट खेल्न अलराउन्डर गुलशन झा र ब्याटर ईशान पाण्डे चयन भएका हुन्।
उनीहरू सो प्रतियोगितामा सहभागिता जनाउन बेल्जियम प्रस्थान गर्न लागेको क्यानले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण