शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

जगदीश खरेलको उत्तेजक अभिव्यक्तिले विपक्षी आक्रोशित

मङ्गलबार, १२ जेठ २०८३, १६ : १७
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • सांसद जगदीश खरेलले संसदमा उत्तेजक अभिव्यक्ति दिएपछि विपक्षी सांसदहरु आक्रोशित भएका छन् ।
  • खरेलले विपक्षी सांसदहरुले सदनमा तमाशा देखाएको र कानून निर्माणमा अवरोध पुर्‍याएको आरोप लगाएका थिए ।
  • सांसद खरेलको अभिव्यक्तिपछि सभामुखले बैठक स्थगित गरेका थिए ।

काठमाडौँ । रास्वपा संसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी दलका सांसदहरु थप आक्रोशित भएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले उत्तेजित अभिव्यक्ति दिएपछि उनीहरु थप आक्रोशित भएका हुन् ।

 सांसद खरेलले बिपक्षी दलका सांसदले सदनमा तमाशा देखाएको बताएका थिए । उनले सरकारले अध्यादेश ल्याउनुको कारण अहिले सदनमा देखिएको घटनाक्रमले देखाएको भन्दै संविधान जारी भएपछि बन्नुपर्ने ऐन र कानुनहरू संसदमा हुने गरेको तमाशाले नै बन्न नसकेको टिप्पणी गरे । सांसद खरेलले सदनबाट कानून बनाउने कुरालाई कसैले अवरोध गर्न नसक्ने धारणा समेत राखेका थिए । 

सांसद खरेलको धारणापछि बिपक्षी दलका सांसद थप आक्रोशित भएपछि सभामुख डोल प्रसाद अर्यालले छलफल बिचैमा रोकेर बैठक स्थगित गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप