‘गौँथली’ टिजर : श्रीमान्, श्रीमती र आमाको कथा
सारांश
- आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ।
- टिजरले आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवहारलाई देखाएको छ।
- फिल्ममा श्रीमान्को भूमिकामा अरुण क्षेत्री र श्रीमतीको भूमिकामा सिम्रन खड्का छन् ।
काठमाडौँ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को टिजर बिहीबार सार्वजनिक गरिएको छ।
टिजरले फिल्म आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवहारलाई देखाएको छ। पढ्ने रहर हुँदाहुँदै भएको विवाह, सोझो र इमानदार भनेर सोचेको श्रीमान् नै खराब र कर्म दिने आमाको काखमा पुगेकी छोरीले भोग्नु परेको दुख टिजरमा देखाइएको छ।
फिल्ममा श्रीमान्को भूमिकामा अरुण क्षेत्री, श्रीमतीको भूमिकामा सिम्रन खड्का छन् । डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले गरेका हुन्। फिल्ममा ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको निर्माण पक्षले जनाएको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यो फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन्। सुमन गिरी र डा. कपिल रिजाल, इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली फिल्मको सह–निर्मातामा छन्। शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको सङ्गीत छ।
फिल्म रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि फिल्म बनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण