शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन

शुक्रबार, १५ जेठ २०८३, १३ : ३५
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ ।
  • पूर्वउपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, पूर्वसचिव डा. रोशन पोखरेल लगायत १० जनाले आवेदन दिएका हुन् ।
  • समितिले जेठ २६ र २७ गते कार्ययोजनासहितको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि समय तोकेको छ ।

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । रिक्त उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको समय जेठ १३ भित्र १० जनाको दरखास्त परेको हो ।

आयोगको उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलसहित प्राडा गेहनाथ बराल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ, प्राडा देवेन्द्रबहादुर खत्री र सह प्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधानले आवेदन दिएका हुन् ।

समितिले उनीहरूलाई कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि जेठ २६ र २७ गतेको समय तोकेको छ ।

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप