सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड बजेट, दूरसञ्चार प्राधिकरण विधेयक संसद् लगिने
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सूचना तथा सञ्चार क्षेत्रतर्फ कुल ५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।
- अर्थमन्त्री वाग्लेले दूरसञ्चार प्राधिकरण विधेयक संसद्मा पेस गरिने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गर्ने योजना अघि सारेका छन्।
- सरकारी मुद्रण संरचनालाई एकीकृत सुरक्षित मुद्रण संस्थामा गाभिने तथा सामाजिक सञ्जालमार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गरिने बजेटमा उल्लेख छ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सूचना तथा सञ्चार क्षेत्रतर्फ कुल ५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै उनले नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै दूरसञ्चार क्षेत्रको सुधारका योजनाहरू अघि सारेका हुन्।
बजेट घोषणा गर्दै अर्थमन्त्री वाग्लेले दूरसञ्चार प्राधिकरण विधेयक संसद्मा पेस गरिने जानकारी दिएका छन्। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाइने बजेटमा उल्लेख छ। यस अन्तर्गत विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकता दिइने भएको छ।
बजेटमार्फत सरकारले मुद्रणसम्बन्धी सरकारी संरचनाहरूमा पनि महत्त्वपूर्ण परिमार्जनको घोषणा गरेको छ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनाहरूलाई एकआपसमा गाभेर एकीकृत सुरक्षित मुद्रण संस्था स्थापना गरिने बजेट वक्तव्यमा उल्लेख छ। यसका साथै नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गरिने नीति सरकारले लिएको छ।
मिडिया क्षेत्रका लागि छापा तथा विद्युतीय सञ्चार माध्यमबाट हुने लोककल्याणकारी विज्ञापनका लागिसमेत बजेटले सम्बोधन गरेको छ। अर्थमन्त्री वाग्लेले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण