अछाममा जीप दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
सारांश
- मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका-४ थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
- दार्चुलाबाट जुम्ला जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा मकवानपुरका नवीन तुलाधर र बर्दियाका राम प्रकाश थारुको मृत्यु भएको हो ।
- दुर्घटनामा घाइते भएका अन्य तीन जनाको सुर्खेतमा उपचार भइरहेको छ ।
धनगढी । मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शुक्रबार साँझ करिब ६ः५० बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिका बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसघारी नगरपालिका–५ का ४५ वर्षीय राम प्रकाश थारुको शनिबार बिहान मृत्यु भएको हो । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहान ५ः३० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटना लगत्तै अस्थायी प्रहरी पोष्ट बेल्खेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पठाएको थियो ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार त्यहाँ प्राथमिक उपचारपछि गएराति ११ बजे सबै घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य तीन जनाको सुर्खेतमै उपचार भइरहेको छ । घाइते हुनेहरूमाः सिराहा जिल्ला, कल्याणपुर नगरपालिका–१० निवासी २७ वर्षका सन्त कुमार साह शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको छ ।
यस्तै बाँके, नेपालगञ्ज निवासी जीप चालक समेत रहेका २८ वर्षका राज राजेन्द्र भिमराज चट्टान गुप्ताको पनि उनको अवस्था पनि गम्भीर रहेको छ ।
यस्तै स्याङ्जा, फेदीखोला गाउँपालिका–४ निवासी अर्जुन कुमार पौडेलको टाउको र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । जीप थापामोडबाट कुँजेडातर्फ जाने कच्ची सडकमा खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण