विद्युतमा ५ प्रतिशत भ्याटका विषयमा प्रधानमन्त्री शाहले के भने ?
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युत् भ्याट लगाइएको विषयमा जवाफ दिएका छन् ।
- उनले देशभर विद्युत् पूर्वाधार विस्तार र स्तरोन्नतिका लागि आवश्यक स्रोत जुटाउन ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरिएको बताए ।
- उनका अनुसार उक्त करबाट प्राप्त रकम ट्रान्सफर्मर, प्रसारण लाइन र सबस्टेशनको क्षमता अभिवृद्धिमा खर्च गरिनेछ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युत् भ्याट लगाएको विषयमा जवाफ दिएका छन् ।
आइतबार प्रधानमन्त्री शाहले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै विद्युतमा लगाएको भ्याटका विषयमा जवाफ दिएका हुन् । प्रधानमन्त्री शाहले देशभर विद्युत् पूर्वाधार विस्तार र स्तरोन्नतिका लागि आवश्यक स्रोत जुटाउन ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरिएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्वु ओलीले विद्युतमा लागेको भ्याटका बारेमा प्रश्न गरेकी थिइन् । ओलीको जवाफमा प्रधानमन्त्री शाहले भने,‘ अहिले देशका हरेक भान्सामा बिजुलीबाट खाना पकाउने अवस्था आयो भने धेरै ट्रान्सफर्मर र सबस्टेशनले क्षमता धान्न सक्दैनन् । त्यसैले पूर्वाधार विस्तार र स्तरोन्नतिका लागि लगानी आवश्यक छ ।’
प्रधानमन्त्री शाहका अनुसार सरकारले बजेट मार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको छ । उनले उक्त करबाट प्राप्त रकम ट्रान्सफर्मर, प्रसारण लाइन र सबस्टेशनको क्षमता अभिवृद्धिमा खर्च गरिने बताए ।
‘१०० रुपैयाँको बिलमा ५ रुपैयाँ भ्याट लाग्ने हो । त्यो रकम देशभरका ट्रान्सफर्मर अपग्रेड गर्न, प्रसारण लाइनका तारको क्षमता बढाउन र सबस्टेशन सुधार गर्न प्रयोग हुन्छ । यी पूर्वाधार सुदृढ भएपछि मात्रै नेपाल वास्तविक रूपमा विद्युतीय युगमा प्रवेश गर्न सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण