अस्पतालले भन्यो– प्रचण्डको स्वास्थ्य अवस्था स्थिर छ
आइतबार, १७ जेठ २०८३, १६ : २७
काठमाडौँ । नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था स्थिर रहेको उनी भर्ना भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ ।
सामान्य निमोनियाको सङ्क्रमण देखिएपछि प्रचण्डलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
आइतबार दिउँसो अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो । उपचारमा प्रचण्डको स्वास्थ्यले सकारात्मक प्रतिक्रिया देखाइरहेको र चिकित्सकहरूको टोलीले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको छ ।
अस्पतालले पूर्व प्रधानमन्त्री दाहालको पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न सावधानी स्वरूप केही दिन अस्पतालमै रहनुपर्ने जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण