क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने एक जना पक्राउ, २० थान मोबाइल बरामद
सारांश
- चितवनको भरतपुरमा मोबाइल तथा विभिन्न विद्युतीय उपकरणको प्रयोग गरी अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्चय तथा कारोबार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- पक्राउ पर्नेमा धनुषा घर भई हाल भरतपुरमा डेरा गरी बस्ने २९ वर्षीय पप्पु कुमार यादव रहेका छन् ।
- प्रहरीले यादवको डेरा कोठाबाट विभिन्न कम्पनीका १७ थान स्क्रिनटच मोबाइल फोन र ३ थान किप्याड मोबाइल फोनसहितका सामग्रीहरू फेला पारी बरामद गरेको छ ।
चितवन । चितवनको भरतपुरमा मोबाइल तथा विभिन्न विद्युतीय उपकरणको प्रयोग गरी अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्चय तथा कारोबार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धनुषाको साविक संगामधुकरही गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० चित्रसेन टोलमा डेरा गरी बस्ने २९ वर्षीय पप्पु कुमार यादव रहेका छन् ।
यादवले आफ्नो डेरा कोठाबाट बिनान्स र बाइबिटनामका एप्लिकेसनहरू प्रयोग गरेर क्रिप्टोकरेन्सीको सञ्चय तथा कारोबार गरिरहेको भन्ने गोप्य सूचना जिल्ला प्रहरी कार्यालय चितवनलाई प्राप्त भएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जेठ १५ गते साँझ साढे ६ बजेको समयमा उनलाई फेला पारेको हो ।
कानुन बमोजिम उनको शरीर तथा डेरा कोठा खानतलासी गर्दा प्रहरीले विभिन्न कम्पनीका १७ थान स्क्रिनटच मोबाइल फोन र ३ थान किप्याड मोबाइल फोनसहितका सामग्रीहरू फेला पारी बरामद गरेको छ । पक्राउ परेका यादवमाथि अभौतिक मुद्रा सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण