बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो निर्विरोध, केन्द्रीय समितिमा को-को समेटिए ? (सूचीसहित)

सोमबार, १८ जेठ २०८३, १८ : ३०
सोमबार, १८ जेठ २०८३

सारांश

  • नेपाल थारु संघको पहिलो अधिवेशनबाट चितवनका शिवनारायण महतो 'गुरौ' निर्विरोध अध्यक्षमा दोहोरिएका छन् ।
  • संघको संशोधित विधान २०७९ अनुसार केन्द्रीय कार्यसमितिमा सबै पदाधिकारी र सदस्य निर्विरोध भएका हुन् ।
  • कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा भएको अधिवेशनबाट उपाध्यक्ष, महामन्त्री र सह-महामन्त्री पनि निर्विरोध निर्वाचित भएका छन् ।

ललितपुर । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघको अध्यक्षमा चितवनका शिवनारायण महतो ‘गुरौ’ दोहोरिएका छन् । 

आइतबार राति सम्पन्न संघको पहिलो अधिवेशनबाट तदर्थ समितिको अध्यक्ष रहेका महतो निर्विरोध अध्यक्ष भएका हुन् । संघको संशोधित विधान २०७९ बमोजिम केन्द्रीय कार्यसमितिमा सबै पदाधिकारी र सदस्य निर्विरोध भएका हुन् । 

कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा भएको अधिवेशनबाट उपाध्यक्ष डा. भोगेन्द्र प्रसाद चौधरी (उदयपुर), महामन्त्री फूलाराम चौधरी (बाँके), सह–महामन्त्री राधेश्याम चौधरी (नवलपरासी) निर्विरोध निर्वाचित भएका छन् । 

प्रमुख निर्वाचन अधिकृत वासुदेव रिजालले थारु संघमा नेतृत्वसहित केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी दिए । 
यस्तो छ नयाँ केन्द्रीय समिति -

No description available.

No description available.

No description available.

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप