२ पटक म्याद थप हुँदा पनि सकिने छाँट छैन पोखराको सेती नदी पुल
पोखरा । पोखरा–मुग्लीन राजमार्ग स्तरोन्नती अन्तर्गत पृथ्वीचोकस्थित सेती नदीमा पुल निर्माणको काम ६० प्रतिशत सकिएको छ ।
२०७९ साउन २६ गते सम्झौता भएको पुल ३ वर्षमा सक्ने लक्ष्य थियो । नेपालकै नमूना मानिने यो पुलको काम आगामी चैत १७ गतेसम्म सकिनुपर्ने बाध्यकारी म्याद छ । यसअघि नै २ पटकसम्म निर्माणको म्याद थप भैसकेको छ ।
एसियाली विकास बैंकको सहयोगमा १ अर्ब ७ करोड रुपैयाँ लागतमा निर्माण हुँदै गरेको पुलमा निर्माण कम्पनीले करिब ५५ प्रतिशत भुक्तानी लिइसकेका आयोजनाले जनाएको छ । अहिले चीनबाट सामग्री र जनशक्ति ल्याउन कठिनाइ परेका कारण काममा सुस्तता आएको निर्माण व्यवसायीले जनाएको छ । यस्तै, स्थानीय घरधनीले मुआब्जा लिन नमान्दा पनि काम प्रभावित भएको बताइएको छ ।
अब २ वटा घरधनीले मुआब्जा बुझ्न बाँकी छ । पूर्वाधार विकास मन्त्री सुनील लम्साल र पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) सहितको टोलीले पुल निर्माणको संयुक्त अनुगमन गरेर आवश्यक निर्देशन दिएको छ । पूर्वाधार मन्त्री लम्सालले कुनै पनि बहानाबाजी नगरी तोकिएको समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
सरकारले सबैखाले समस्या समाधानका लागि पहल गर्ने उनको प्रतिबद्धता छ । पोखरा भित्रिने र बाहिरिने मुख्य नाका भएकाले यहाँ अत्यधिक ट्राफिक जाम हुने गर्दछ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार मुआब्जा लिएका घरधनीसँग एक हप्ताभित्र घर खाली गर्ने सहमति भएको छ । सहमति पालना नभए बल प्रयोग गरेर भए पनि घर हटाइने उनले चेतावनी दिइन् । पुल निर्माण भएपछि पोखराको नाकामा देखिँदै आएको समस्या समाधान हुने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण