शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डाक्टरको क्रिप्टोकरेन्सी धन्दा : ३० हजार अमेरिकी डलर बरामद

मङ्गलबार, १९ जेठ २०८३, १२ : ३४
मङ्गलबार, १९ जेठ २०८३

चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा पक्राउ परेका पप्पुकुमार यादव मेडिकल डाक्टर भएको खुलेको छ । उनको साथबाट प्रहरीले  ३० हजार अमेरिकी डलर  बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुरको एक अस्पतालमा कार्यरत छन् । भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका उनी धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बसोबासी हुन् । 

डा यादवका बारेमा अनुसन्धान गर्दा उनले अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा निजको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेलापरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप