उजुरी परेपछि रास्वपाद्वारा अधिवेशन स्थगित
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह र वडाहरूमा हुन लागेका पार्टीका निर्वाचन प्रक्रियाहरू तत्कालका लागि स्थगित गरेको छ ।
- केन्द्रीय निर्वाचन आयोगको बैठकले विवाद उत्पन्न भई उजुरीहरू प्राप्त भएकाले छानबिनका लागि निर्वाचन हाललाई स्थगित गरेको हो ।
- अन्य क्षेत्रमा निर्वाचन प्रक्रिया पूर्ववत् रूपमै सञ्चालन हुने पत्रमा उल्लेख छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह र वडाहरूमा हुन लागेका पार्टीका निर्वाचन प्रक्रियाहरू तत्कालका लागि स्थगित गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको मङ्गलबार बसेको बैठकले विवाद उत्पन्न भई उजुरीहरू प्राप्त भएकाले छानबिनका लागि निर्वाचन हाललाई स्थगित गरिएको हो ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरेको पत्रअनुसार बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला अन्तर्गतका अन्य विवादित स्थानीय तह तथा वडाहरू छन् ।
मधेस प्रदेशमा सप्तरी र सिराहा जिल्लाका विवादित स्थानीय तह र वडाहरू छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मतिहानी नगरपालिका, मनरा शिसवा नगरपालिका, पिपरा गाउँपालिका र अन्य विवादित क्षेत्रहरू छन् ।
धनुषा जिल्लाका जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायतका विवादित क्षेत्रहरू रहेका छन् । सर्लाही जिल्लाका हरिपूर्वा नगरपालिकामा स्थगित भएको छ ।
यी स्थानीय तहमा विवाद सुल्झिएपछि मात्र प्रक्रिया अघि बढ्ने भएकाले आयोगले यी क्षेत्रहरूमा निर्वाचनसम्बन्धी कुनै पनि नयाँ प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ ।
निर्देशन विपरीत कुनै गतिविधि गरिएमा त्यसले आधिकारिक मान्यता नपाउने चेतावनी समेत दिइएको छ ।
पार्टीभित्रको निर्वाचनलाई लोकतान्त्रिक, निष्पक्ष र मर्यादित बनाउनका लागि छानबिन नसकिएसम्मका लागि यो कदम चालिएको आयोगका प्रमुख के.सी. ले जानकारी दिए । अन्य क्षेत्रमा भने निर्वाचन प्रक्रिया पूर्ववत् रूपमै सञ्चालन हुने पत्रमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण