योग्यता पुगे पनि किन सजिलै स्तरोन्नति हुन चाहँदैनन् देशहरू ?
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी नभएको भन्दै विपक्षी दलहरूले चर्को आलोचना गरेका थिए ।
- प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको बताए ।
- प्रधानमन्त्री बालेनले चीनको उदाहरण दिँदै नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन नचाहेको प्रष्टीकरण दिए ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी नभएको भन्दै विपक्षी दलहरूले चर्को आलोचना गरिरहेका थिए । हुन पनि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्मा वाचन गरिरहँदा उनी बिचमै उठेर हिँडेका थिए । यसको चौतर्फी आलोचना भएको थियो । त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन पनि प्रधानमन्त्री बालेन आएनन् ।
संसद्मा प्रधानमन्त्री बालेनको आवाजको खोजी भइरहेको बेला जेठ १७ गते उनी प्रतिनिधिसभामा उपस्थित भए र सांसदसँग प्रश्नोत्तरमा सहभागी भए । प्रधानमन्त्री बालेनको बोली त संसद्ले सुन्न पायो, तर दुई विषयमा उनले दिएका अभिव्यक्ति विवादमा परे । नेपाली भूमि अतिक्रमणमा परेको विषयको जवाफमा उनले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको बताए । अर्को, नेपाल अल्पविकसित मुलुकबाट विकासशील देशमा स्तरोन्नति हुन किन चाहेन ? भन्ने प्रश्नमा दिएको जवाफमा पनि उनी चिप्लिए ।
दोस्रो प्रश्नमा प्रधानमन्त्री बालेनले चीनको उदाहरण दिँदै नेपाल किन अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन नचाहेको भन्ने प्रष्टीकरण दिए । उनले चीन विकासको पराकाष्ठामा पुगेको भएपनि लामो समयसम्म विकासशील देशकै श्रेणीमा रहन चाहेको र भर्खरै मात्र विकसित देशमा उक्लिएको उल्लेख गरे । तर यथार्थ अर्कै छ । के हो त यसको फ्याक्ट चेक ? किन देशहरू माथिल्लो श्रेणीमा सहजै स्तरोन्नति हुन सजिलै चाहँदैनन् ? विस्तृत भिडियोमा हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण